रोल्पामा चुनावी प्रचारप्रसार कार्यक्रममा सरकारी गाडीको व्यापक दुरुपयोग

रोल्पामा चुनावी प्रचारप्रसार कार्यक्रममा सरकारी गाडीको व्यापक दुरुपयोग


  • 4.9K
    SHARES
    • माघ २६, २०८२ आइतबार
    • ८ महिना अघि
    • 7.6K Views

    रोल्पामा चुनावी प्रचारप्रसार कार्यक्रममा सरकारी गाडीको व्यापक दुरुपयोग

    सुर्य घर्ती मगर

    images

    रोल्पा, २५ माघ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा रोल्पा जिल्ला प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानको क्रममा रोल्पाको पालिकाहरुमा सरकारी गाडीको दुरुपयोग गरेका छन।

    रोल्पाको परिवर्तन गापा वडा नं २ राङ्सी रोल्पामा पूर्व माओवादी हाल माओवादी पार्टी छोडेर नेपाली कम्युनिस्ट पार्टी बनाइ उक्त पार्टी बाट प्रतिनिधि सभाको निर्वाचनमा रोल्पा बाट प्रत्यक्ष तर्फको उम्मेदवार रहनु भएका वर्षमान पुन (अनन्त) कमरेड आउँदा सरकारी गाडीको चरम दुरुपयोग गरेको देखियो ।335a08e9-ebfb-45c2-b97b-599b6fdbe086.jpg

    लु १ झ ७६९ नम्बरको सरकारी गाडी केही दिन देखी कमरेड वर्षमान संगै हुईकिरहेको छ। तर आवाज कसैले उठाउदैन। यदि कसैले खबरदारी गर्यो भने पनि वर्षमान पुनको कार्यकर्ताहरुले डरधम्की दिन थाली हाल्छन। यसरी खुले आम सरकारी सवारीसाधनको चरम दुरुपयोग हुदा पनि निर्वाचन आयोग रोल्पा भने मुखदर्शक बनेर बसेको गुनासो अन्य दलहरूले पोखेका छन। 

    निर्वाचन आयोगले निर्वाचन आचार संहिता कुन कुन पार्टी र कुन कुन उम्मेदवार लाई मात्र पालना गराउने होला भनि रोल्पा बासीहरुले प्रश्न उठिरहेको छ।

    रोल्पामा तत्कालीन माओवादी नेतृत्व स्थानीय सरकारद्वारा सबै निकायको चरम दुरुपयोग भैरहेको छ । सत्ता र भत्ता को बलमा मैमत्त भैरहदा युवा,विद्यार्थी, किसान, मजदुर, कर्मचारीको अवस्था भने नाजुक छ । तर शासकहरु सरकारी सम्पत्तिको दुरुपयोग गर्दै मोज मस्तिमा रमाइलो गर्दै छन, जनतालाई केही थाहा दिएका छैनान। जनता सचेत हुन जरुर छ, होइन भने यो भन्दा अझै भयानक दुर्दशा हुने निश्चित छ ।


    तेस्रो आँखा