रूपन्देही, २५ माघ । अवैध लागूऔषध सहित एकजना युवक प्रकाउ परेका छन ।
बुटवल उपमहानगरपालिका-२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेज बहादुर घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
