क्यानडा ३६ वर्ष पछि दास्रो पटक विश्वकमा छनोट

क्यानडा ३६ वर्ष पछि दास्रो पटक विश्वकमा छनोट


  • 7.3K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    क्यानडा ३६ वर्ष पछि दास्रो पटक विश्वकमा छनोट

    काठमाडौं, १४ चैत्र । कतारमा आयोजना हुने कतार विश्वकप २०२२ मा क्यानडा छनोट भएको छ । क्यानडा ३६ वर्ष पछि दास्रो पटक विश्वकमा छनोट भएको हो ।

    images

    आइतबार राति विएमओ फिल्ड क्यानडामा भएको छनोट खेलमा जमैकामाथि चार शून्य गोलअन्तरको जित निकाल्दै क्यानडा विश्वकपमा छनोट भएको हो । यस अघि क्यानडाले १९८६ को विश्वकप खेलेको थियो ।क्यानडालाई जित दिलाउन सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल उपहार पाएको थियो। एकपक्षीय बनेको खेलको १३औं मिनेटमा सायल लारिनको गोलबाट क्यानडाले सुरुवाती अग्रता लिएको थियो। ४४औं मिनेटमा टाजोनले गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे।

    त्यसपछि ८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दै क्यानडालाई सहज जिततर्फ अग्रसर गराए । ८८ औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले सानदार जित निकाल्न सफल भयो।यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ। पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् भने एक टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ।


     

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप