निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्ध : प्रमुख जिल्ला अधिकारी अर्याल

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्ध : प्रमुख जिल्ला अधिकारी अर्याल


  • 1.6K
    SHARES
    • फाल्गुण ५, २०८२ मंगलबार
    • ८ महिना अघि
    • 2.4K Views

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्ध : प्रमुख जिल्ला अधिकारी अर्याल

    तुलसीपुर, ५ फागुन । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । राससकाे ६५ औं स्थापना दिवसका अवसरमा 'निर्वाचन आचारसंहितामा सञ्चार' बिषयममा अन्तक्रिर्या कार्यक्रमलाई सम्बाेधन गर्दै अर्यालले यस्तो बताउनु भएको हाे ।

    images

    निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने बताउनुभयो । समाचारमा निष्पक्षता र सक्षमताकाे धराेहरकाे रुपमा रासस भएको उहाँको भनाइ छ । राससले समाजमा भएका विभित्र घटनाहरुलाई स्पष्ट रुपमा नागरिक समक्ष झल्काउदै आएको उल्लेख गर्नुभयो । 

    निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग, राजनिती दल, नेपाल सरकारका मन्त्रालय, विभाग र कार्यालयहरुकाे आ-आफ्नो क्षेत्रमा महत्त्वपूर्ण भुमिका रहेको अर्यालले बताउनुभयो ।5fba9bb2-c95b-484c-8459-3b89e90a050d.jpg

    'निर्वाचन अधिकृतकाे कार्यालयमा निर्वाचनमा खटिने कर्मचारीकाे विवरण आइसकेको छ´ उहाँले भन्नुभयो, 'अब कर्मचारीलाई मतदानस्थलमा खटाउने छाैँ´ । निर्वाचनलाइ बिराेधि तथा बेथाेल्न खाेज्ने गतिविधि र जनतामा त्रास फैलाउने प्रयास भइरहेको र त्यसता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय सक्षम रहेको उहाँको भनाइ छ । 

    दाङ क्षेत्र न. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिर्जाली मगरले निर्वाचन तथा सुशासन कार्यम गर्ने सन्दर्भमा सञ्चार क्षेत्रकाे महत्त्वपूर्ण भुमिका रहेकाे बताउनुभयाे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपम सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता अनुरुपका कार्य गर्न उहाँले आग्रह गर्नुभयो ।
    उम्मेदवारले आचारसंहिता विपरीत काम गरेमा १ लाखसम्म जरिवानादेखि उम्मेदवारि खारेजी हुनसक्ने सजाय रहेको निर्वाचन अधिकृत मगरले बताउनुभयाे । 

    'उम्मेदवारले भित्ते लखन लेख्न पाइदैन' उहाँले भन्नुभयो,`निर्वाचनकाे प्रचारप्रसारका लागि रेडियोमा २४ घण्टामा बढीमा ४ पटक एक मिनेटकाे विज्ञापन राख्न पाउछ' । कुनै पनि राजनीति दलकाे पक्षविपक्षमा समाचार प्रकाशन गर्न नपाईने उहाँको भनाइ छ ।

    मानवअधिकारकर्मी तथा वरिष्ठ पत्रकार शुसिल बस्नेत निर्वाचनकाे विशेष र परिस्थितिलाई छिचोल्दै अगाडि बढ्न आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिताकाे कार्यान्वयनकाे बिषयमा सम्बन्धित निकायले समयसमयमाअनुगमन तथा मुल्यांकन गर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनका क्रममा मतदाताहरुमा बायाेमेट्रिक मेसिनकाे प्रयोग गर्नले निर्वाचन स्वच्छ तथा निष्पक्ष हुने उहाँले अवगत गराउनुभयाे । 

    नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्ताेष सुवेदीले मिडिया तथा पत्रकारहरु आफ्नो आचारसंहितालाई सधैं आत्मसात गरि स्वच्छ र निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो । एउटा राजनीति दललाई मात्र केन्द्रित रहेको समाचार प्रकाश नगर्न उहाँले सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । 

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, विभिन्न सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेको थियो। 39fa0a57-90dd-4a0f-a97f-32096cc0be8e.jpg

    राससकाे ६५ औं स्थापना दिवसका अवसरमा रासस दाङ शाखाले 'निर्वाचन आचारसंहितामा सञ्चार' बिषयमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको थियो । रासस दाङका प्रमुख नारायणी रजाैरेकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण रासस दाङ शाखाका संवाददाता दिपक बाेहराले गर्नुभएको थियोे ।


    तेस्रो आँखा