म्याद सकिएको नारायणी पुल खचाखच

म्याद सकिएको नारायणी पुल खचाखच


  • 9.9K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    म्याद सकिएको नारायणी पुल खचाखच

    भरतपुर, १० मंसिर । नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ ।

    images

    यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ ।

    यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ। नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ । याे पुल २०३७ सालमा  निर्माण भएकाे थियाे ।

    यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ ।

    महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ । यसैबीच झापा र कंचनपुरबाट महाधिवेशनका लागि हिडेका प्रतिनिधि र सर्वसाधारण अझै आइपुगेका छैनन् । 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # नारायणी
  • # पुल

  • तेस्रो आँखा