दाङ, ३१ फागुन । रोल्पाली सेवा समाज राेल्पालेले उजेली घर्तीमगरलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । गत साउन महिनामा आएको ठुलो बाढीबाट ठुलो क्षति ब्यहाेर्नुभएकि उजेली घर्ती मगरलाई घर निर्माण गरेको हस्तान्तरण गरेको हाे ।
थबाङ गाउँपालिका ४ की उजेली घर्ती मगरको पुनर्बास निर्माणको लागि दर्जीत रोका मगरको संयोजकत्वमा रोल्पाली सेवा समाज रोल्पाले अर्थिक अभियान सञ्चालन गरेको थियोे । उक्त अभियानबाट १ लाख ६८ हजार ३ सय ६० रुपैयाँ सड्ढलन भएको थियो। साेहि अर्थिक स्राेतबाट राेल्पाली सेवा समाज राेल्पाले नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।
गत साउन महिनाको ४ गत्ते राती रोल्पा लगायत देशैभरी भारी वर्षात पश्चात् रोल्पा जिल्ला थबाङ गाउपालिका ४ कि उजेली घर्तीमगरले आफ्नो बास बस्ने घर गुमाउनुपरेको थियोे । उक्त रातमा ऊनी घरबाहिर भएकै कारण ज्यान जाेगाउन सफल हुनुभयो । तर आफ्नो श्रीमान गोठे घर्ती र घरलाई एकसाथ पहिरोले पुरेको थियो ।
यो कारुणिक क्षणलाई शक्तिमा बदल्न थबाङ ४ का वडा अध्यक्ष हिकमत घर्ती मगर, थबाङका समाजसेवी दर्जीत रोका मगर र रोल्पाली सेवा समाज रोल्पाले उजेलीको लागि पुनर्बास निर्माण गर्ने निर्णयसाथ अभियान संचालन गर्ने उद्घोष गर्नुभयो । साथै उक्त उद्घाेषलाई अहिले सत्यतामा बदल्नु भएको छ ।
आर्थिक स्राेत संकलनसंगै पुनर्वासको लागि घर निर्माण पनि भयो। घर निर्माणमा स्थानीय थबाङ बासीले श्रमदान गर्नु भयो। श्रमदानसङ्गै नेकपा माओवादी थबाङ रोल्पाका नेता तथा समाजसेवी अमित मगर, उदय घर्तीमगर लगायतको टिमले ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।
गत फागुन १७ गते सङ्कलित आर्थिक सहयोग र घर एक कार्यक्रमको बिच रोल्पाली सेवा समाज रोल्पाका संगठन विभाग प्रमुख शेर बहादुर डागी, समाजसेवी दर्जीत रोका मगर, रोल्पाली सेवा समाज रोल्पाका प्रवक्ता सुर्य घर्तीमगर र थबाङ ४ का वडा अध्यक्ष हिकमत घर्ती मगर ज्युको उपस्तिथिमा हस्तान्तरण गरिएको छ।
