दाङमा एक किशोरी मृत फेला

दाङमा एक किशोरी मृत फेला


  • 4.8K
    SHARES
    • चैत्र १६, २०८२ सोमबार
    • ७ महिना अघि
    • 7.3K Views

    दाङमा एक किशोरी मृत फेला

    तुलसीपुर, १६ चैत । दाङको बबई गाउँपालिका -३ स्थित बनमा एक किशोरी मृत फेला परेकी छिन ।

    images

    साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।

    परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


    तेस्रो आँखा