काठमाडौं, १५ चैत्र । आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ ।
