• ट्रेण्डिङ्ग :
इरान–अमेरिकाबिच दुई साताको युद्धविराम

इरान–अमेरिकाबिच दुई साताको युद्धविराम


  • 1.8K
    SHARES
    • चैत्र २५, २०८२ बुधबार
    • ६ महिना अघि
    • 2.8K Views

    इरान–अमेरिकाबिच दुई साताको युद्धविराम

    काठमाडौँ, चैत २५ । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।

    images

    बीबीसीका अनुसार इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताउनुभएको छ।

    युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएका छन्। वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तान मार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको बीबीसीमा उल्लेख छ।


    तेस्रो आँखा