रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु


  • 1.5K
    SHARES
    • बैशाख १७, २०८३ बिहीबार
    • ६ महिना अघि
    • 2.3K Views

    रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

    रोल्पा, वैशाख १७  । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो । 

    images

    सूचना अधिकारी सुनिलका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो । पानी परिरहेकाले अहिले उद्धारमासमेत समस्या भएको छ ।  

    प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

     


    तेस्रो आँखा