विश्व वरियतामा खस्कियो नेपाल

विश्व वरियतामा खस्कियो नेपाल


  • 5.4K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    विश्व वरियतामा खस्कियो नेपाल

    काठमाडौं, १५ चैत्र । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआईतर्फको विश्व वरियतामा खस्किएको छ । नेपाल नयाँ वरियतामा खस्किदै १८ औ स्थानमा पुगेको छ ।

    images

    मंगलबार आइसिसीले सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल दुई स्थान खस्किदै १६ औं स्थानबाट १८ औं स्थानमा पुगेको हो । ओडिआई मान्यता प्राप्त देशमा अव नेपालपछि अमेरिका १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । १६ औं स्थानमा ओमान र १७ औं स्थानमा नामिबिया छन् । स्कटल्यान्ड १२ औैं स्थानमा छन् । टेस्ट टोली जिम्बावे १३ औं, नेदरल्यान्ड्स १४ औं र युएई १५ औं स्थानमा छ ।

    न्युजिल्यान्ड शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा छन् । श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान १० औं स्थानमा छन् । आयरल्यान्ड ११ औं स्थानमा छ । नेपाल टि–ट्वान्टी आई वरियतामा भने १३ औं स्थानमा यथावत छ ।


    तेस्रो आँखा
    लेखकबाट थप