काठमाडौं, १६ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक अवस्था निक्कै कमजोर रहेको बताएका छन् । अर्थशास्त्रीहरुसँग छलफल गर्दै मन्त्री शर्माले त्यस्तो बताएका हुन् । उनले बाहिरी प्रभावहरूका कारण नेपालको आर्थिक स्थितिमा चोट पुगेको उनले बताए।
उनले नेपालको आर्थिक अवस्थाको विकास गर्न अर्थशास्त्रीहरुसँग सुझाव समेत मागेका छन् । नेपालको आर्थिक अवस्था विकास गर्ने उपाए खोज्न आफूले अर्थशास्त्रीहरूसँग बैठक राखेको अर्थमन्त्री शर्माले बताए ।
कोरोना र युक्रेनी युद्धले गरेको नेपालको आयात र निर्यातप्रतिको नोक्सानलाई सुन्तुलनमा राख्न आवश्यक रहेको उनको भनाइ छ । उनले आर्थशास्त्रीकोे विचार र सल्लाहअनुसार नेपालको आर्थिक अवस्थाको सुधार गर्ने प्रयास गर्ने बताए ।
छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधु मरासिनिले नेपाल सरकारले रेमिट्यान्समा भर नपरि आफ्नै युवालाई रोजगारी दिनुपर्ने सुझाब दिए । अर्का अर्थशास्त्र विग्य भाबुक राज न्यौपानेले भ्रष्टाचारलाई कारबाही गर्नुपर्ने माग गरे ।
नेपालको उत्पादनलाई लगभग ०% ब्याज दरमा उद्योेगमा जोड्नुपर्ने उनको भनाइ छ । नेपालमा संकलन भन्दा वितरणमा बढी समस्या भएको नेपाल संघका सदस्य डाक्टर रबिन्द्र पान्डेले बताए । नेपालको मौद्रिक व्यवस्थापनामा परिवर्तन आए मात्र देशको अर्थतन्त्रमा विकास हुने उनको भनाइ छ ।
