ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन


  • 1.5K
    SHARES
    • जेठ १, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 2.3K Views

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    काठमाडौँ, जेठ १  ।  बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो । रासस


    तेस्रो आँखा