इजिप्टलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै सेनेगलले कतार विश्वकपमा

इजिप्टलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै सेनेगलले कतार विश्वकपमा


  • 5.9K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    इजिप्टलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै सेनेगलले कतार विश्वकपमा

    काठमाडौं, १६ चैत्र । प्लेअफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउदै सेनेगलले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    images

    घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमा बोउलाए डिआले गरेको गोलबाट सेनेगलले पहिलो लेगमा १–० ले हारको नतिजासँग बराबरी गरेको थियो । त्यसपछि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सेनेगल भाग्यशाली बन्यो । यसअघि अफ्रिका कप अफ नेसन्सको फाइलनमा पनि इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले उपाधि जितेको थियो ।

    पेनाल्टीमा सलाहको व्यवासयिक फुटबल करियरका सहयात्री मानेको टोली ३–१ ले विजयी भयो । इजिप्टका तीन खेलाडी पेनाल्टीमा गोल गर्न चुके जसमध्येका एक सलाह पनि थिए । यसअघि पहिलो लेगमा इजिप्टले एक शून्यको निकालेको थियो ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप