स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा

स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा


  • 9.0K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा

    काठमाडाैं, १६ चैत्र । फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ ।

    images

    घरेलु मैदानमा पोल्यान्डले स्वीडेनमाथि दुई शून्यको जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । मंगलबार राति भएको खेलमा पोल्याण्डको लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक एक गोल गरे ।

    प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले पोल्यान्डको लागि दोस्रो गोल गर्दै जित पक्का गरे ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप