• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता : बजेटबारे ब्रिफिङ

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता : बजेटबारे ब्रिफिङ


  • 4.2K
    SHARES
    • जेठ १४, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 6.5K Views

    राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता : बजेटबारे ब्रिफिङ

    काठमाडौँ, जेठ १४ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराउनुभएको छ ।

    images

    बिहीबार अपराह्न राष्ट्रपति कार्यालय पुगेर उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) का विषयमा राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो । भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले सङ्घीय संसद्‍मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको छ।

    नेपालको संविधानको व्यवस्था बमोजिम अर्थमन्त्री डा. वाग्लेले भोलि जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको बजेट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।


    तेस्रो आँखा