तुलसीपुरमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

तुलसीपुरमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु


  • 2.7K
    SHARES
    • जेठ १८, २०८३ सोमबार
    • ५ महिना अघि
    • 4.1K Views

    तुलसीपुरमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

    तुलसीपुर, १८ जेठ । दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ । 
    तुलसीपुर उपमहानगरपालिका- ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको हाे ।

    images

    दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियोे । उपचारकाे क्रममा
    बाबुछाेरालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

    घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली सामान्य घाइते भएकी छन्। टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।1780295137507.jpg


    तेस्रो आँखा