एसियन गेम्स छनोटः फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

एसियन गेम्स छनोटः फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने


  • 1.7K
    SHARES
    • जेठ २४, २०८३ आइतबार
    • ४ महिना अघि
    • 2.6K Views

    एसियन गेम्स छनोटः फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौँ, जेठ २४ गते।  सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दैै मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले चार विकेटको क्षतिमा १८ ओभर २ बलमा १२० रन पुरा गर्दै भेट्टाएको हो। 

    images

    यसअघि सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङबिचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ।

    पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९‍.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाउनुभयो।

    उहाँले २६ बलमा सात चौका र एक छक्का हान्नुभयो। ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाउनुभयो। बलिङमा ओमानका  समिर ओथामनले दुई विकेट लिनुभयो। 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाउनुभयो। जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोड्नुभयो। 

    बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो। सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो। 

     


    तेस्रो आँखा