• ट्रेण्डिङ्ग :
थप २६ जनामा केरोना संक्रमण पुष्टि

थप २६ जनामा केरोना संक्रमण पुष्टि


  • 6.5K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    थप २६ जनामा केरोना संक्रमण पुष्टि

    काठमाडौं, १६ चैत्र । कोरोना भाइरस संक्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

    images

    मन्त्रालयकाअनुसार सक्रिय संक्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । संक्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार २०० भन्दाबढी संक्रमित भएका जिल्लामा कुनै पनि छैनन् । शून्य संक्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ । 

    हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन् ।


    तेस्रो आँखा