फिफा विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक

फिफा विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक


  • 11.5K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    फिफा विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक

    काठमाडौं, १७ चैत्र । कतारमा हुने फिफा विश्वकप २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक भएको छ । यसपटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो ।

    images

    बलमा प्रयोग गरिएको ‘अल रिल्हा’ को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ति डुंगा र झन्डाबाट प्रेरित रहेको छ । फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो । एडिडासले यो बललाई नयाँ प्रविधि प्रयोग गरेर पूर्ण रूपमा उच्चस्तरिय ल्याबमा परीक्षण गरिएको र इतिहासकै सबैभन्दा छिटो गुड्न सक्ने, हावामा पनि यसको गति अरू बलहरूको भन्दा बढी रहेको दावी गरेको छ ।

    फिफाका मार्केटिङ डाइरेन्टर जिन पाथेले यो बल उत्कृष्ट र लामो सयसम्म टिक्ने र उच्च गुणस्तरको रहेको बताए । यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ । यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो ।

    यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन् । अब पाँच टोलीको छिनोफानो हुन बाँकी छ । विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान रहेको छ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट

  • तेस्रो आँखा
    लेखकबाट थप