• ट्रेण्डिङ्ग :
टरिगाउँ विमानस्थल: स्तरोन्नतिका लागि २५ करोड बजेट विनियोजन

टरिगाउँ विमानस्थल: स्तरोन्नतिका लागि २५ करोड बजेट विनियोजन


  • 2.7K
    SHARES
    • आषाढ ११, २०८३ बिहीबार
    • २ महिना अघि
    • 4.2K Views

    टरिगाउँ विमानस्थल:  स्तरोन्नतिका लागि २५ करोड बजेट विनियोजन

    तुलसीपुर, ११ असार । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलकालागि २५ करोड बिनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बार्षिक बजेटमा उक्त विमानस्थलकालागि २५ करोड समावेश भएको हो । यो बजेटले विमानस्थलको धावन मार्गलाई २५ सय मिटरसम्म विस्तार गर्न जग्गा ब्यबस्थापन लगायत अन्य पूर्वाधारको ब्यबस्थापन गर्न उक्त बजेट बिनियोजन गरिएको दाङ ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले बताउनुभयाे । उहाँका अनुसार विमानस्थललाई बहुबर्षिय बनाएर स्तरबृद्धि गरिनेछ ।

    images

    उक्त विमानस्थलमा विगतमा ठूलो बजेट आउन सकेको थिएन । जसले गर्दा उक्त विमानस्थल विस्तार हुन सकको थिएन । हाल उक्त विमानस्थलको धानवमार्ग ७ सय ५० मिटर मात्रै छ । जसले गर्दा ठूला जहाज बस्न सकेका थिएनन् । हाल १९ सिटे टुइनेटर मात्रै अवतरण गर्छ । हप्तामा चार दिन उडान भर्ने भनिएपनि नियमित हुन सकेको छैन ।

    धावन मार्ग विस्तार गरेमा ठूला जहाज बस्ने र नियमित उडान भर्न सक्ने भन्दै यस क्षेत्रका सरोकारवालाले पटक–पटक पहल गर्दै आएका थिए । टरिगाउँमा नियमित हवाई उडान नहुँदा यस क्षेत्रका यात्रुहरु नेपालगञ्ज वा भैरहवा जाने गरेका छन् ।

    टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो । जुन पुरानो मध्येको विमानस्थल हो । कुनै बेला टरिगाउँबाट नेपालगञ्ज, रुकुमको चौरजहारी र मुसिकोट समेत जान्थे ।

     

  • सम्बन्धित विषय:

  • # ट्राफिक नियम उल्लंघन

  • तेस्रो आँखा