भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते


  • 1.6K
    SHARES
    • आषाढ ११, २०८३ बिहीबार
    • ४ महिना अघि
    • 2.5K Views

    भेनेजुएलामा शक्तिशाली भूकम्पः १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

    काठमाडौँ, असार ११ । भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् ।  

    images

     

    विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ । 

     

    उहाँका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।  

     

    बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म समेत महसुस गरिएको थियो ।  

     

    सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको देखाइएको छ । 

     

    कार्यवाहक राष्ट्रपति रोड्रिगेजले ला गुआइरा क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गर्दै भवन भत्किएका कारण यो क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो । हाल प्रभावित क्षेत्रहरूमा सेना र उद्धारकर्मीहरू परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको खबर अलजजिराले लेखेको छ । 

     


    तेस्रो आँखा