वन तथा वातावरणका सवालमा पत्रकारसँग अन्तर्क्रिया तथा प्रशिक्षण

वन तथा वातावरणका सवालमा पत्रकारसँग अन्तर्क्रिया तथा प्रशिक्षण


  • 1.6K
    SHARES
    • आषाढ १४, २०८३ आइतबार
    • ४ महिना अघि
    • 2.5K Views

    वन तथा वातावरणका सवालमा पत्रकारसँग अन्तर्क्रिया तथा प्रशिक्षण

    तुलसीपुर, १४ असार । तुलसीपुर मिडिया प्रालिको आयोजनामा तथा लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा वन तथा वातावरणका सवालमा पत्रकारहरूसँग अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    images

    तुलसीपुर मिडिया प्रालिका अध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षता तथा जिल्ला वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत वेसिन्द्रराज सुवेदीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    पत्रकार गजेन्द्र बोहोराले वन तथा वातावरणसम्बन्धी समाचार लेखन, वन संरक्षण, जैविक विविधता, वन्यजन्तु, जलवायु परिवर्तन तथा वातावरणीय मुद्दालाई तथ्यमा आधारित र जिम्मेवार ढंगले सञ्चारमाध्यममा प्रस्तुत गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।

    अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदी पत्रकार आचारसंहिताबारे तथा विपत व्यवस्थापनबारे प्रशिक्षण दिनुभएकाे थियाे ।

    कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत वेसिन्द्रराज सुवेदीले दाङ जिल्लाको वन क्षेत्र, वन सम्पदा, विभिन्न प्रजातिका वनस्पति तथा वन्यजन्तु, वन संरक्षणका चुनौती र सरकारी प्रयासबारे जानकारी गराउनुभएको थियो।  वन्यजन्तुबाट मानवीय क्षेत्रमा परेको असरलाई न्यनिकरण गर्नका लागि पहल गर्ने बताउनुभयो । साथै तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत वन तथा वातावरण संरक्षणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

    प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूले विभिन्न जिज्ञासा राखेका थिए। पत्रकार दीपक भोरा, गोकर्ण पौडेल र सुनिल पोख्रेलले वन संरक्षण, जलवायु परिवर्तन, वातावरणीय मुद्दाको प्रभावकारी सञ्चार तथा समाचार लेखनसँग सम्बन्धित विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रममा सहभागी पत्रकारहरूले वन तथा वातावरणसँग सम्बन्धित विषयलाई अझ प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रमको स्वागत तुलसीपुर मिडिया प्रालिका प्रबन्ध निर्देशक दर्शन आचार्य ले गरेका थिए भने सहजीकरण उमा भण्डारी ले गरेकी थिइन्।


    तेस्रो आँखा