• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • 2.3K
    SHARES
    • आषाढ १५, २०८३ सोमबार
    • ४ महिना अघि
    • 3.5K Views

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

    images
     

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ५४ अङ्कले ओरालो लागेर दुई हजार ६३२ दशमलव ९६ मा ओर्लेको छ ।

    यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८४ अङ्कले ओरालो लागेर ४५५ दशमलव ८३ मा सीमित भएको छ ।

     

    कूल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर रु दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ मा कारोबार भएको छ ।

    आजको कारोबारपछि बजार पूँजीकरण रु ४५ खर्ब नौ अर्ब ५७ करोड ११ लाख ९५ हजार ९२४ बराबर रहेको छ ।

    कारोबारका आधारमा ग्लोबल आइएमई बैङ्क शीर्ष स्थानमा छ । यस्तै सोपान फर्मासिटिकल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स र आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, धौवागिरी लघुवित्त र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।

    यस्तै स्वाभिमान लघुवित्त, सोपान फर्मासिटिकल्स, एशियन हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

     
     
     
     
     
     
     
     


    तेस्रो आँखा