मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश


  • 1.8K
    SHARES
    • आषाढ १६, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 2.7K Views

    मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, असार १६ गते । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    images

    मेक्सिकोको मोन्टेरे स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्यान्डसलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

    पराजयसँगै नेदरल्यान्ड्स  विश्वकपबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सले सुरुआती गोल गर्दा मोरक्कोको प्रहार भने बाहिरिएको थियो । नेदरल्यान्ड्सको प्रहार असफल हुँदा मोरक्कोले गोल गर्नुभयो । दुवै टोलीका एक प्रहार सफल भए र एक प्रहार विफल भए । अन्तिममा नेदरल्यान्ड्सको प्रहार मोरक्को गोलकिपरले बचाउँदा यता मोरक्कोले निर्णायक गोल गर्नुभयो।

    त्यसअघि खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

    खेलको ७२औँ मिनेटमा नेदरल्यान्ड्सले पहिलो अग्रता लिएको थियो । उसका लागि कोडी गाक्पोकोले गोल गर्नुभयो । उहाँले क्राइसेन्सियो समरभिलको पासमा गोल गरेर खेलमा पहिलो अग्रता लिनुभएको थियो ।

    त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा मोरक्कोले बराबरी गोल फर्काउनुभयो । मोरक्कोका इसा डिओपले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले चेम्सडाइन ताल्बीको पासमा गोल गर्नुभएको हो । नेदरल्यान्ड्स जित नजिक पुगेका बेला मोरक्कोले बराबरी गोल फर्काएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

    त्यसअघि आजै बिहान अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । खेलको निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटको अतिरिक्त समयममा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जारी विश्वकप पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो । रासस 


     


    तेस्रो आँखा