काराकास (भेनेजुयला), असार १७ गते । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जनाभन्दा बढी घाइते भएको घोषणा गर्नुभएको छ ।
प्रेस विज्ञप्तिमार्फत रोड्रिगेजले अहिलेसम्म १५ हजार भन्दा बढी प्रभावित मानिस दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भएदेखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताउनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी हजारौ मानिस अझै बेपत्ता रहेका छन् । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार लगभग ५० हजार मानिस अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ । रासस/क्युएनए
