• ट्रेण्डिङ्ग :
करण केसीको अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा

करण केसीको अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा


  • 9.3K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    करण केसीको अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा

    काठमाडौं, १७ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा ५० विकेट लिएका छन् ।

    images

    करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा भएकाे हाे।

    करणले ३६ खेलमा ५० विकेट पुरा गरेका हुन् ।  उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए । आजको खेलसँगै नेपाली टोलीको समेत ५० अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल पूरा भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप