टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै

टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै


  • 1.7K
    SHARES
    • आषाढ २५, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 2.7K Views

    टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै

    टोकियो । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाले पहिलो पटक ‘FNJ Global Media Conference 2026’ आयोजना गर्ने भएको छ। आगामी जुलाई २५, २०२६ मा टोकियोस्थित St. Luke’s Garden Tower मा हुने सम्मेलनमा विश्वका विभिन्न देशमा क्रियाशील नेपाली पत्रकार, सम्पादक, सञ्चार विज्ञ तथा डिजिटल मिडियासँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    images

    आयोजकका अनुसार सम्मेलनमा डिजिटल पत्रकारिता, कृत्रिम बुद्धिमत्ता (AI), सामाजिक सञ्जालको प्रभाव, प्रेस स्वतन्त्रता, प्रवासी पत्रकारिताका चुनौती र अवसर तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार र प्रवासी पत्रकारहरूको भूमिकालाई अझ सशक्त बनाउने विषयमा पनि विशेष बहस हुने कार्यक्रम रहेको छ। साथै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै ‘टोकियो घोषणा–पत्र’ जारी गर्ने तयारी गरिएको छ।

    “Bridging Nepal and the World Through Media: The Voice of the Diaspora” भन्ने मूल नारासहित नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनलाई Smiles Mobile Remittance र Smiles Connect ले मुख्य साझेदारका रूपमा सहयोग गरेका छन् भने Front Up eSIM इभेन्ट पार्टनर रहेको छ। यसैगरी Food पार्टनरको रुपमा Dipway जापान रहेको छ भने कार्यक्रमलाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोशन थापाले विशेष सहयोग गरेका छन्। 

    नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा सहभागी हुन महासंघ केन्द्रीय समितिका ३३ जना प्रतिनिधिको जापान प्रवेश भिसा स्वीकृत भइसकेको छ भने अन्यको प्रक्रिया जारी छ। प्रवासी नेपाली पत्रकारिताको इतिहासमा यो सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।


    तेस्रो आँखा