त्यस्तै जेन-जेड आन्दोलनका क्रममा जलेर नष्ट भएको भवन यथावत स्थानमा ४० करोडको लागतमा पुनः निर्माण हुने पनि जानकारी दिनुभयाे ।
तुलसीपुर, २ साउन । जेन्जी आन्दोलनमा न्यायिक क्षेत्रमा सबैभन्दा बढी क्षेती ब्यहोरेकाे उच्च अदालत तुलसीपुरले आर्थिक बर्ष २०८२/८३ मा अदालतमा परेका मुद्दा मध्ये ६८ दशमलव ७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
अदालतले शुक्रबार सञ्चारकर्मीहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा न्यायपालिकाको पन्ध्रौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार वार्षिक जिम्मेवारीमा रहेका मुद्दामध्ये कम्तीमा ६५ प्रतिशत फर्छ्योट गर्ने लक्ष्य रहेकामा उच्च अदालत तुलसीपुरले ६८.०७ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो ।
उच्च अदालत तुलसीपुरका सुचना अधिकारी कृष्ण शर्माका अनुसार एक बर्षकाे अबधिमा अदालतमा नयाँ दर्ता भएका ८ सय ५३ थान मुद्दा र अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेका २ सय १२ गरि जम्मा १ हजार ६५ थान मुद्दा मध्ये ७ सय २५ थान मुद्दा फछ्र्यौट भएका छन ।
त्यस्तै ३ सय ४० थान मुद्दा बाकी रही आर्थिक बर्ष २०८३/८४ काे लागि जिम्मेवारी सरेका छन । बाँकी रहेका मध्ये ६ महिनाभित्रका २ सय ५५ थान,६ महिनादेखि १ बर्षसम्मका ८३ थान, १ बर्षदेखि १८ महिनाभित्र १ थान र १८ महिनादेखि २ बर्षभित्रका १ थान मुद्दा रहेका छन ।
आर्थिक बर्ष २०८२/८३ सुरु मुद्दा ११ थान, दुनियाँवादी देवानी मुद्दा १ सय २३ थान, दुनियाँवादी फाैजदारी मुद्दा ६६ थान, सरकारवादी फाैजदारी मुद्दा ४ सय ४६ थान र रिट ७९ गरि जम्मा ८ सय ५३ थान मुद्दा दर्ता भएका थिय ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रामेश्वर तिवारीका अनुसार गत वर्षको भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण अदालत भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। उक्त घटनाबाट ३०३ वटा मुद्दाका मिसिल जलेर नष्ट भएका थिए। आन्दोलनमा न्यायपालिका मध्ये सबैभन्दा बढी क्षेति व्हार्नेमा उच्च अदालत तुलसीपुर रहेको जानकारी दिनुभयो ।
आगजनीमा नष्ट भएका मिसिलका कागजात पुनः संकलन गर्ने, आंशिक रूपमा प्राप्त भएका कागजातका आधारमा मुद्दा अघि बढाउनेलगायत कठिनाइका बीच पनि अदालतले निर्धारित लक्ष्य हासिल गरेको बताउनुभयो ।
रुपा थापा
