• ट्रेण्डिङ्ग :
शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै

शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै


  • 10.5K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै

    काठमाडौं, १७ चैत्त । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पु¥याउने उद्देश्यका साथ आगामी शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ ।

    images

    स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इपान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए ।  
      
    एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारी साधनको ¥याली आयोजना गरिनेछ ।  भृकुटीमण्डपबाट सुरु हुने ¥याली नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत् आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीलाई स्वागत गर्ने कार्यक्रम छ ।

    कूल ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त एक्स्पोमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा जलविद्युत् क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्र्धपक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यको भनाइ छ ।

    एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत् आयोजनासम्बन्धी विषयगत ६ भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया तय गरेको आचार्यले बताए । एक्स्पोमा जलविद्युत् आयोजानका प्रवद्र्धक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् ।

    प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै,  एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युत्मा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित १०० भन्दा बढी कक्ष राखिने इपानले जनाएको छ ।

    एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युत्को बजारीकरण गर्नु रहेको उनले औँल्याए । अध्यक्ष आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि २०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण सो क्षेत्रले फड्को मारेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको बताए । 


    तेस्रो आँखा