• ट्रेण्डिङ्ग :
क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि १७ करोड आवश्यक

क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि १७ करोड आवश्यक


  • 10.4K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि १७ करोड आवश्यक

    काठमाडौं, १८ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् ।  

    images

    विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताएका हुन् । उनले भने  'विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ,  भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।'

    मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए । विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ । क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले बताए ।   

     विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक रहेको उनले बताए । विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिए । 


    तेस्रो आँखा