• ट्रेण्डिङ्ग :
‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी


  • 3.3K
    SHARES
    • श्रावण ३०, २०८३ शनिबार
    • २ महिना अघि
    • 5.1K Views

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    गार्डेन सिटी, साउन ३० गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भू–भागको हिस्सा घोषणा गर्ने बताउनुभएको छ ।

    images

    ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आउनुभएको छ । इरानले भने उहाँको दाबी अस्वीकार गर्दै आएको छ ।

    न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले मुस्कुराउँदै भन्नुभयो, “इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भू–भाग घोषणा गर्नेछु । यो सत्य हो ।”

    वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।

    इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै  ‘स्टे«ट अफ हर्मुजइरानी थियो, इरानी हो र इरानी नै रहनेछ ।’

    उहाँले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गर्नुभयो ।

    ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुभएको थियो । त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।

    विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबिच तनाव कायम छ । इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ ।

    समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “हामीले नाकाबन्दी गरेका छौँ । हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन् ।” रासस/एएफपी



     


    तेस्रो आँखा