• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र मोदीले भर्चुअल माध्यामबाट भाेलि रेल सेवाको उद्घाटन गर्ने

प्रधानमन्त्री देउवा र मोदीले भर्चुअल माध्यामबाट भाेलि रेल सेवाको उद्घाटन गर्ने


  • 12.5K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    प्रधानमन्त्री देउवा र  मोदीले भर्चुअल माध्यामबाट भाेलि रेल सेवाको उद्घाटन गर्ने

    काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको अर्चुअली उद्घाटन गर्ने भएका हुन्। 

    images

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले यस अघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए। त्यसका लागि जनकपुर रेल्वे स्टेशनमा मण्डल निर्माण गरिएको छ। जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उदघाटन कार्यक्रम देखाइने छ।

    त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उदघाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ। प्रत्येक स्टेशनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन। उनीहरुलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ। कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उदघाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ।

    रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भईसकेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री  यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानियबासीहरुलाई यातायातको सहजता आउनुका साथै उनीहरुलाई आवतवापत गर्न निकै सुविधा हुने बताए।


    तेस्रो आँखा