सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अल्पकालीन आदेश जारी

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अल्पकालीन आदेश जारी


  • 10.5K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन रोक्न अल्पकालीन आदेश जारी

    सुर्खेत, १८ चैत्र। उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन आदेश जारी गरेको छ।

    images

    शुक्रबार बसेको अदालतका कायममुकायम मुख्य न्यायाधीश शेषराज सिवाकोटीको एकल ईजलासले चैत २४ गतेसम्मका लागि चुनावी प्रक्रिया रोक्न आदेश जारी गरेको हो। निवेदक र विपक्षी दुवै पक्षको कुरा सुनेर निश्कर्षमा पुग्ने भन्दै तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिइएको हो। यही चैत २४ गते दुवै पक्षलाई बहसका लागिसमेत उच्च अदालतले बोलाएको छ।

    व्यवसायी सुरेन्द्रकुमार मल्लले बिहिवार सुर्खेत उद्योग वाणिज्य संघका बहुमत कार्यसमितिले चैत २६ गते घोषणा गरेको निर्वाचन रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट हालेका थिए। अदालतले निवेदकलाई पनि निर्वाचन रोक्न आदेश जारी गर्नुपर्नेभए १५ दिनभित्र कारणसहित प्रमाण पेश गर्न भनेको छ।

    सुर्खेत उद्योग वाणिज्य संघमा व्यवसायीहरुका मागका विषयलाई लिएर पछिल्लो समय विवाद भइरहेको छ। व्यवसायीका माग सम्बोधन गर्ने विषयमा संघभित्रका पदाधिकारीहरु नै दुई धारमा उभिएका छन्। विधानअनुसार सदस्यता खारेज भएका व्यवसायीहरुले कोभिड महामारीका कारण आफूहरुले नविकरण गर्न नपाएको भन्दै विशेष व्यवस्थामार्फत सदस्यतालाई निरन्तरता दिन माग गरेका छन्।

    विधानमा भने दुई आर्थिक वर्षसम्म लगातार नवीकरण गर्न छुटेका सदस्यता खारेज हुने व्यवस्था छ। सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसहितका केही पदाधिकारी तथा सदस्यहरु व्यवसायीको माग सम्बोधन गर्नुपर्ने पक्षमा छन्। अध्यक्षलगायतका पदाधिकारी भने बिधान बिपरित व्यवसायीको माग पूरा नगर्ने अडानमा छन्।

  • सम्बन्धित विषय:

  • # सुर्खेत

  • बिष्णु सापकाेटा
    लेखकबाट थप