लुम्बिनीमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

लुम्बिनीमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत


  • 1.9K
    SHARES
    • भाद्र ५, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 2.9K Views

    लुम्बिनीमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

    गुल्मी, ५ भदौ । लुम्बिनी प्रदेश सरकारले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको अस्थायी संगठन संरचना तथा दरबन्दी आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिनुभयो।

    images

    त्यसैगरी, बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नयाँ तलबमानअनुसार प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको छ।


    तेस्रो आँखा