काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार बसेको सचिवालय बैठकमा सरकारको कार्य प्रगतिबारे ब्रिफिङ भएको छ ।
रास्वपा प्रवक्ता जगदिश खरेलले बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको कार्यप्रगतिबारे ब्रिफिङ गर्नुभएको जानकारी दिनुभयो ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सो बैठक बसेको हो । बैठकमा रसुवाको भोटेकोशी बाढीबाट पीडित एवम् बेपत्ता नागरिकको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
सरकारको खोज, उद्धार तथा राहत कार्य सन्तोषजनक रहेको तथा पार्टी सरकारसँग साथमा रहने प्रतिबद्धता गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
