खजुरा, भदौ २६ गते । भदौ २९ गते सोमबारका दिन लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सरकारले भदौ २९ गते सोमबारका दिन हरितालिका तीज परेको हुँदा उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिइएको एक सूचनामार्फत जानकारी गराएको हो ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी गरिएको सूचनामा उक्त दिन लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी गराइएको हो ।

