प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबिच शिष्टाचार भेटवार्ता


  • 1.5K
    SHARES
    • भाद्र ३१, २०८३ बुधबार
    • १ महिना अघि
    • 2.4K Views

    प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिनबिच शिष्टाचार भेटवार्ता

    काठमाडौँ, भदौ ३१ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    सो अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

    भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरस्वरूप यस घटनाको सामना गर्नुपरेको समेत बताउनुभयो ।

    साथै, उहाँले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो ।

    भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो ।

    उहाँले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराउनुभयो । 


    तेस्रो आँखा