दाङ, १९ चैत । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई कायम राख्ने निर्णय गरेका दलहरुले यसको कार्यान्वयनको प्रक्रिया प्रारम्भ गरेका छन्। गठबन्धनमा रहेका दलहरुले आफ्नो आन्तरिक तयारीसँगै दलहरुकाबीचमा तालमेलको साझा ‘खाका’ कोर्ने कसरत सुरु गरेका छन्। लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा गठबन्धनमा रहेका दलहरुले छलफल सुरु गरिसकेका छन्। तर रोल्पा र रुकुममा भने माओवादी पक्षबाट छलफलको वातावरण बनिसकेको छैन ।
प्रदेशका अधिकांश जिल्लाहरुमा गठबन्धनमा रहेका पार्टीका साथीहरुसँग छलफलहरु भैरहेका छन्,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने तर रोल्पा र रुकुममा भने माओवादी साथीहरुले छलफलनै गर्न चाहनु भएको छैन,यी दुई जिल्लाहरुमा आफूहरुको बलियो पकड रहेको भनेर उहाँहरुले घमण्ड गर्नुभएको पनि हुन सक्छ ।’
अहिले सम्म छलफल प्रारम्भ भैरहेका गठबन्धनका बैठकहरुमा तालमेलको मोडालिटि’का विषयमा छलफल हुने गरेको छ । ‘लुम्बिनीका जिल्लाहरुमा चुनावी तालमेलको तयारीका बिषयमा छलफलहरु चल्न सुरु भएका छन्,’ कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले भने मुलतः अहिले प्रारम्भकि चरणमा रहेकाले पनि गठबन्धन गर्ने तर यसको मोडालिटि कस्तो बनाउने भन्ने विषयमा संवाद सुरु भएका छन् ।’
मुलतः गठबन्धनमा रहेका दलहरुले गत स्थानीय तहको निर्वाचनको मतभार तालमेलको पहिलो आधार बन्ने देखिन्छ। फलतः स्थानीय तहको गत निर्वाचनमा प्राप्त दलहरुको मतभारको रिपोर्टिङमा दलहरु लागेका छन्। जिल्लाका कुन स्थानीय तह (वडा सम्मै) कसको मतभार कति छ रु त्यसको रिपोर्टिङ गर्ने भन्ने हाम्रो बिचमा छलफल भएको छ,’ दाङ कांग्रेसका उपसभापति गिरीराज सुवेदीले भने फलतः गठबन्धनमा रहेका सबै दलहरुले गत निर्वाचनको मतभार संकलन गरेर पेश गर्ने भन्ने सहमति बनेको छ।’
शुक्रबार बसेको जिल्लाको गठबन्धन बैठकले कुन स्थानमा कसरी तालमेल गर्ने भन्ने बिषयको निक्र्यौल गर्न कार्यदल समेत बनाएको छ। पहिलो निर्वाचनको मतभार मुल्यांकन गर्ने र तालमेललाई कुन रुपबाट अगाडी बढाउने भन्ने बिषयको निक्र्यौल गर्न गठबन्धनमा रहेका सबै दलका प्रतिनिधि रहनेगरि कार्यदल बनेको छ,’ माओवादी केन्द्रीय सदस्य निर्मल आचार्यले भने पहिलो चरणको औपचारिक बैठक भयो, अब तालमेलको प्रक्रियाले गती लिन्छ।’
तालमेलको मोडालिटि अन्तर्गत पहिलो प्राथमिकतामा गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने गरि छलफल थालेका गठबन्धनहरुले अहिलेको पार्टीको अवस्थालाईसमेत मुल्यांकन गरेर तालमेल गर्ने तयारी गरेका छन्। पहिलो आधार त गत स्थानीय तहको निर्वाचनमा दलहरुले पाएको मतभार नै हो,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने त्यससँगै अहिले दलहरुको शक्ति कुन ठाउँमा कस्तो छ, अर्थात अहिलेको जनमतको पनि मुल्यांकन गरेर तालमेलको टुंगो लाग्छ ।’
