प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताका परिवारका सदस्यहरूलाई समेत ‘बा युद्ध’ चलचित्र हेर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले आयोजकले उपलब्ध गराएको दर्ता प्रक्रियामार्फत सहभागिता जनाउन सक्नेछन्।
दाङको तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने भएको छ । आर्टिस्ट इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता हुनेछ । अरनीको मैदानमा असोज ७ गते विहान ७ बजे प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार, द्वितीयलाई रु. २ हजार ५ सय र तृतीय हुनेलाई रु. एक हजार दुइसय ५० पुरस्कार प्रदान गरिनेछ।
