परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता


  • 2.2K
    SHARES
    • आश्विन ७, २०८३ बुधबार
    • १ महिना अघि
    • 3.4K Views

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

    images
     

    भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनासकारी भोटेकोशी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्त्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

    भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ । उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका थिए ।


    तेस्रो आँखा