राप्ती राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

राप्ती राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक


  • 2.8K
    SHARES
    • आश्विन ९, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 4.3K Views

    राप्ती राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

    घोराही, असोज ९ । अविरल वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय दाङले शुक्रबार दिउँसो सूचना जारी गर्दै राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा असोज ११ गते साँझ ६ बजेसम्म सवारीसाधनको आवागमन निषेध गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार अविरल वर्षाका कारण सडकमा जोखिम उत्पन्न भएपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

    उहाँका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सवारीसाधन बीच बाटोमै अवरुद्ध हुने अवस्था सिर्जना भएपछि सडक पूर्ण रूपमा बन्द गर्नुपरेको हो ।

    यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय दाङले वर्षायाममा जोखिम बढ्न सक्ने भन्दै राप्ती राजमार्गसँगै सहिद मार्गअन्तर्गत पर्ने घोराही–होलेरी, तुलसीपुर–सल्यान–सुर्खेत, घोराही–मुर्कुटी तथा भालुवाङ–प्युठान सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन स्थगित गर्ने निर्णय गरेको थियो ।

     

     


    तेस्रो आँखा