• ट्रेण्डिङ्ग :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित


  • 9.9K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

    काठमाडौं, २० चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    images

    आज बिहानदेखि काठमाडौंको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

    अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ । भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए । 


    तेस्रो आँखा