लुकाकु विश्वकप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने खतरामा

लुकाकु विश्वकप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने खतरामा


  • 8.0K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    लुकाकु विश्वकप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने खतरामा

    काठमाडौं, २० चैत्र। बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले स्ट्राइकर रोमेलु लुकाकुलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्नका लागि चेल्सी छोड्न सल्लाह दिएका छन् । यसै सिजनको सुरुआतमा चेल्सी भित्रिएका लुकाकु त्यसयता स्टामफोर्ड ब्रिजमा स्वभाविक लयमा फर्किन संघर्षरत छन् ।

    images

    २८ वर्षीय लुकाकु पछिल्लो चार खेलयता मुख्य प्रशिक्षक थोमस टचेलको पहिलो रोजाईमा परेका छैनन् । यस सिजन लुकाकुले सबैखाले प्रतियोगितामा गरी चेल्सीबाट मात्र २० खेल खेलेका छन् । चेल्सीबाट स्वभाविक लय भेट्टाउन संघर्षरत लुकाकु राष्ट्रिय टोलीबाट पनि बाहिरिने खतरामा छन् ।

    ‘हामी रोमेलु लुकाकुजस्तो खेलाडीको बारेमा कुरा गरिरहेका छौं । जसले राष्ट्रिय टोलीबाट १०० क्याप जितेका छन् र टोलीलाई सम्पूर्ण रुपमा बुझेका छन्,’ उनले भने, ‘म कुनै खेलाडीको अवस्थाबारे मुल्यांकन गर्न चाहन्न । तर, धेरै खेलाडीहरुले क्लब परिवर्तनपछि फरक अनुभव पाइरहेका हुन्छन् । विश्वकपका लागि अझै सात महिना बाँकी छ । अहिले लुकाकु राम्रो अवस्थामा छन् र टिमप्रति प्रतिबद्ध छन् ।’


    तेस्रो आँखा
    लेखकबाट थप