ओमप्रकाश गुप्ता
भालुवाङ, ११ असोज । दाङको राप्ती गाउँपालिकामा हावाहुरीसहितको लगातारको वर्षाका कारण एक घर भत्किएको छ। राप्ती गाउँपालिका वडा नम्बर २ स्थित मुक्तकमैया बस्तीमा हिजो बेलुका आएको हावाहुरी र वर्षाले स्थानीय बलबहादुर चौधरीको कच्ची इँटाको घर भत्किएको हो।

पारिवारिक स्रोतका अनुसार, घर भत्किए पनि सौभाग्यवश कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन। तर, घर पूर्ण रूपमा नष्ट नभए तापनि बस्नै नमिल्ने गरी जोखिमयुक्त र काम नलाग्ने भएको छ।
अहिले उक्त घर बस्नका लागि अत्यन्त असुरक्षित भएपछि पीडित चौधरी परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएको छ। वर्षातको समयमा घर नै बस्न नमिल्ने गरी भत्किएपछि पीडित परिवार बिचल्लीमा परेका छन्।