रसुवा बाढीपहिरो पीडित ७ परिवारलाई जनस्तरबाट संकलित ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण

रसुवा बाढीपहिरो पीडित ७ परिवारलाई जनस्तरबाट संकलित ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण


  • 3.4K
    SHARES
    • आश्विन १२, २०८३ सोमबार
    • १ महिना अघि
    • 5.3K Views

    रसुवा बाढीपहिरो पीडित ७ परिवारलाई जनस्तरबाट संकलित ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण


    सल्यान, कुमाख । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका सल्यानको कुमाख गाउँपालिका–३, गुरदासेका ७ जना मृतकका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। प्रतिव्यक्ति आवश्यकत्ता र पारिवारिक अवस्था हेरी पीडित परिवारका सदस्यहरूलाई घरदैलोमै पुगेर कुल ५० हजार रुपैयाँ नगद सहयोग रकम प्रदान गरिएको हो।

    images

    स्थानीय युवा अभियान्ताद्वय पुष्कर पन्त सुनार र डिल्ली राणाको अगुवाइमा संकलन गरिएको उक्त राहत रकम मृतकका परिवारलाई बुझाइएको हो।


    राहत रकम प्राप्त गर्ने परिवार र विवरण:
    • ८,००० रुपैयाँ: मृतक गणेश रानाकी श्रीमती खिमा राना, मृतक नन्दराम रानाका अंकल हुर्मत राना, र मृतक चित्रबहादुर रानाकी दिदी दिपा रानालाई जनही आठ-आठ हजार प्रदान गरियो।
    • ६,५०० रुपैयाँ: मृतक दुर्गाबहादुर रानाकी श्रीमती सेते राna, मृतक नवीन रानाकी आमा गौरी राना, मृतक निमप्रकाश रानाकी श्रीमती पार्वती राना, र मृतक झ्यासे रानाका छोरा वीरबहादुर रानालाई जनही छ हजार पाँच सयका दरले सहयोग हस्तान्तरण गरियो।

    यसरी जुट्यो रकम:

    यस परोपकारी अभियान अन्तर्गत कुमाख गाउँपालिका भित्रका विभिन्न विद्यालय तथा स्थानीय बजारबाट ४७,००0 रुपैयाँ संकलन भएको थियो। जसमा बु.ज.क. माध्यमिक विद्यालय (बडागाउँ), महेन्द्र माध्यमिक विद्यालय (जिमाली), जनता माध्यमिक विद्यालय (रागेचौर), र भैरव माध्यमिक विद्यालय (राम्री) सहित स्थानीय युवा, बुद्धिजीवी र व्यवसायीहरूले योगदान गरेका थिए। संकलित रकममा अपुग भएको ३,००० रुपैयाँ अभियान्ता पुष्कर पन्त सुनार र डिल्ली राणाले जनही १,५०० का दरले थप गरी कुल ५०,००० रुपैयाँ पुर्‍याएका हुन्।

    अभियानलाई व्यवस्थित रूपमा सम्पन्न गर्न कुमाख गाउँपालिका वडा नं. ६ का अध्यक्ष कर्णबहादुर विकले निरन्तर सल्लाह र हौसला प्रदान गर्नुभएको थियो। दुःखको यस घडीमा मानवताको धर्म निभाउँदै सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, व्यवसायी, तथा समाजसेवीहरूलाई अभियान्ताहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। यो सानो प्रयासले पीडित परिवारलाई केही राहत र आत्मबल मिल्ने अपेक्षा गरिएको छ।


    तेस्रो आँखा