दाङ, असोज १३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।
सभापति पदका लागि घनश्याम ढकाल, कुमार लामिछाने, सुरेन्द्रबहादुर खड्का क्षेत्री, किरणबहादुर शाह र खिमबहादुर वलीले उम्मेदवारी दिएका हुन्।
यसैगरी क्षेत्रीय कार्यसमितिका लागि सचिव र सह–सचिव पदमा पनि उम्मेदवारी परेको छ। क्षेत्रीय सचिवमा दशरथ वली क्षेत्री, रामबहादुर के.सी., विमल कुमार पौडेल, विमल गौतम र दुर्गिराज न्यौपानेले उम्मेदवारी दिएका छन्।
त्यस्तै, क्षेत्रीय सह–सचिव पदमा रमेश भण्डारी, बामदेव विष्ट, डिल्ली पौडेल क्षेत्री, भद्रबहादुर खड्का, रोशन जंग शाह, मणिकर्णी न्यौपाने र ऐशमी वलीको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
