दाङ, १३ असोज । युवा व्यवसायी, समाजसेवी तथा नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती नेपाली कांग्रेसको लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनु भएको। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीसँगै घर्ती लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको पुष्टि भएको हो।
सामाजिक तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका घर्ती पछिल्लो समय युवामाझ समेत निकै लोकप्रिय मानिदैँ आउनु भएको छ। तरुण दल तुलसीपुर नगर अध्यक्षका रूपमा युवाका मुद्दा तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनु भएको घर्तीको यो निर्विरोध निर्वाचितलाई दाङका कांग्रेस कार्यकर्ताहरूले निकै सकारात्मक रूपमा लिनु भएकाे छ।
निर्वाचित भएपछि घर्तीले आगामी दिनमा युवाहरूको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताउनु भएको छ। साथै, पार्टी संगठनलाई थप मजबुत, गतिशील र संगठित बनाउन आफूले सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।
