• ट्रेण्डिङ्ग :
चोटका कारण कमलसिंह ऐरी करिब छ हप्ता मैदानबाट बाहिरिने

चोटका कारण कमलसिंह ऐरी करिब छ हप्ता मैदानबाट बाहिरिने


  • 9.4K
    SHARES
    • चैत्र २०, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    चोटका कारण कमलसिंह ऐरी करिब छ हप्ता मैदानबाट बाहिरिने

    काठमाडौं, २० चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेश बलर कमलसिंह ऐरी करिब छ हप्ता मैदानबाट बाहिरिने भएका छन् ।

    images

    त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङका दौरान कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । सोहीकारण मलेसियासँगको खेलबाट बाहिरिएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो ।

    क्यानले आइतबार विहान नेपाल नेशनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको हो । कमलसिंहको शल्यक्रिया डाक्टर निरज केसी र डाक्टर निरञ्जन सुवेदीको टिमले गरेको हुन् । लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो ।

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • तेस्रो आँखा
    लेखकबाट थप