सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने


  • 3.7K
    SHARES
    • आश्विन १७, २०८३ शनिबार
    • १ महिना अघि
    • 5.7K Views

    सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

    काठमाडौँ, असोज १७ गते । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ । 

    images

    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।

    विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ । 

     


    तेस्रो आँखा